काठमाडौं । संघीय संसद्अन्तर्गतका संसदीय समितिहरूको सभापति चयन आज हुँदैछ । समितिहरूको बैठक दिउँसो १ बजे बस्ने र सोही बैठकबाट सभापति चयन गरिने संसद् सचिवालयले जनाएको छ ।
बिहीबार मनोनयन दर्ता हुँदा अधिकांश समितिमा एकल उम्मेदवारी परेको छ भने शिक्षा समिति र राज्यका निर्देशक सिद्धान्तसम्बन्धी समितिमा मात्रै प्रतिस्पर्धा हुने भएको छ ।
विभिन्न समितिका सभापतिका लागि समीक्षा बास्कोटा, अशोककुमार चौधरी, आशिष गजुरेल, आकृति अवस्थी, हरि ढकाल, सुम्नीमा उदास, कृष्णहरि बुढाथोकी, रहबर अन्सारी र भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।
शिक्षा समितिमा ओजस्वी शेरचन र गुरु बराल तथा निर्देशक सिद्धान्तसम्बन्धी समितिमा गणेश कार्की र मदनकुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया