लेखा समितिको सभापति कांग्रेसलाई दिने विपक्षी दलको निर्णय, खड्का उम्मेदवार

लोकपथ
441
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिको नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का (डोटी) को नाम विपक्षी दलहरुले सर्वसम्मत गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाका विपक्षी दलहरुको बैठकले खड्कालाई लेखा समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अन्य समितिमा सत्तापक्षबाट नेतृत्व चयन हुने भए पनि लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने परम्परा रहेको छ ।

सोही अनुसार आज नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबिच छलफल भएको थियो ।

यता अन्य समितिहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापतिको उम्मेदवार टुंगो लगाइसकेको छ । आज मनोनयन र भोलि (शुक्रबार) समितिका सभापतिहरुको निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?