सिंहदरबारमा विपक्षी दलको बैठक : लेखा समितिको सभापति को ?

लोकपथ
826
Shares

काठमाडौं । सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरु नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठक बसेको छ ।

बैठकमा कांग्रेसबाट अर्जुननरसिंह केसी, भीष्मराज आङदाम्बे, एमालेबाट पद्या अर्याल, गुरु बराल र नेकपाबाट युवराज दुलाल लगायतका नेताहरुको सहभागिता रहेको छ ।

बैठकमा संसदको सार्वजनिक लेखा समितिको सभापति चयनका लागि साझा उम्मेदवार उठाउने विषयमा छलफल भइरहेको छ ।

विपक्षी दलहरुबिचको यो सहकार्यले संसदमा सरकारलाई जवाफदेही बनाउन थप बल पुग्ने नेताहरुले बताएका छन् । लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने संसदीय परम्पराअनुसार साझा उम्मेदवारको खोजी भइरहेको हो । यद्यपि श्रम संस्कृति पार्टीले पनि उम्मेदवारी दिने बताइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त उम्मेदवारले समितिको नेतृत्व गर्ने निश्चित छ ।

यता सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक लेखा समिति बाहेकका अन्य समितिहरुको सभापतिको टुंगो लगाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?