काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले खड्काले कार्यवाहक सभापतिको हैसियतमा पार्टी निर्णयविपरीत पटक–पटक विज्ञप्ति जारी गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
पूर्वकार्यवाहक सभापति खड्काले हालै क्रियाशील सदस्यता खारेज गर्ने पार्टी निर्णयप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए । यसअघि पनि उनले पार्टीको आधिकारिक निर्णयविपरीत अनधिकृत रूपमा वक्तव्य दिएको भन्दै सचेत गराइएको थियो ।
अनुशासन समितिका अनुसार खड्काले यसअघि १४ चैतमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा समेत वक्तव्य जारी गरेका थिए ।
त्यसै गरी, १७ चैतमा उनले कार्यवाहक सभापतिको हैसियतमै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाई दुई दिन छलफल सञ्चालन गरेका थिए ।
यस विषयलाई पनि अनुशासन समितिले कारबाही प्रक्रियामा समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया