काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा केहीबेरअघि सुरु भएको बैठकमा नेता पूर्णबहादुर खड्का सँग स्पष्टीकरण लिने विषयमा छलफल भइरहेको जनाइएको छ ।
पार्टीभित्र समानान्तर गतिविधि अघि बढाएको आरोपमा खड्कामाथि स्पष्टीकरण सोध्ने तयारी गरिएको हो । उनी निःवर्तमान सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
खड्काले यसअघि पनि पार्टीको आधिकारिक निर्णयविपरीत अनधिकृत रूपमा वक्तव्य जारी गरेको भन्दै उनलाई सचेत गराइएको थियो । गत सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै उनले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएका थिए ।
यसैबीच, अनुशासन समितिले १८ चैतमा बसेको बैठकबाट कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेको विषयलाई कारबाही प्रक्रियामा लैजाने निर्णय गरेको थियो । त्यसअघि उनले १४ चैतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउको विरोधमा वक्तव्य दिएका थिए ।
त्यसपछि १७ चैतमा खड्काले कार्यवाहक सभापतिको हैसियतमै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिनसम्म छलफल समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया