रास्वपाले बोलायो संसदीय दलको बैठक

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।

सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक बिहीबार १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

संसदीय समितिका सभापति चयनका लागि मनोनयन दर्ता हुनुअघि दलको रणनीति तय गर्न बैठक बोलाइएको हो ।

बिहीबार समितिका सभापतिहरूको मनोनयन दर्ता गर्ने कार्यक्रम छ भने शुक्रबार निर्वाचन हुने तय भएको छ ।

यसअघि चैत २७ गते प्रतिनिधिसभाले समितिका सदस्यहरू चयन गरेको थियो र सोही दिन सभापति चयनको तालिका तय गरिएको थियो ।

संघीय संसद्मा १६ वटा समिति छन् । प्रतिनिधिसभा अन्तर्गत १०, राष्ट्रिय सभामा ४ र २ वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभाका समिति सभापतिहरूको निर्वाचन भइसकेको छ भने प्रतिनिधिसभा र संयुक्त समितिका सभापति चयन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?