प्रधानमन्त्री बालेनले आज समानुपातिक सांसदसँग छलफल गर्ने

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफल कार्यक्रम आज मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुनेछ ।

कार्यक्रममा विभिन्न दलका समानुपातिक सांसदहरूले आफ्नो ‘क्लस्टर’ अन्तर्गतका समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा राख्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री शाहले जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गर्दै नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया गर्न लागिएको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?