प्रधानन्त्री बालेनलाई सांसद आचार्यको ध्यानाकर्षण, १० बुँदामा रसुवाका समस्या

लोकपथ
1.1k
Shares

काठमाडौं । रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहन आचार्यले आफ्नो जिल्लामा रहेका विभिन्न क्षेत्रबारे सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुसँगको भेटका क्रममा विभिन्न १० वटा विषयमा प्रधानमन्त्री बालेनको ध्यानाकर्षण गराएका हुन् ।

सो भेटका क्रममा सांसद आचार्यले गल्छी–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक, विभिन्न खानेपानी आयोजनादेखि ०७२ को भूकम्पबाट प्रभावित नागरिकले अझै आवास सुविधा नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

‘२०७२ सालमा गएको विनाशकारी भूकम्पबाट विस्थापित भई विभिन्न स्थानमा अस्थाई बसोबास गरिरहेका ३३५ परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्नको लागि अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

सो क्रममा सांसद आचार्यले विभिन्न १० विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपालकै उत्कृष्ट पदमार्गमध्ये लाङटाङ पदमार्ग अन्तर्गत विभिन्न स्थानमा पुल नभएका कारण यात्रुहरुले जोखिम मोलेर यात्रा गर्नुपरेको भन्दै त्यसको समाधानतिर लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘नेपालकै उत्कृष्ट पदमार्गमध्ये लाङटाङ पदमार्ग अन्तर्गत विभिन्न स्थानमा पुल नभएको कारण जोखिम मोलेर यात्रा गर्दा विभिन्न समस्या मानवीय क्षति हुन पुगेको छ । यसै वर्ष असोज १७ गते भक्तपुरबाट घुम्न गएका ४ जना युवायुवतीलाई बाढीले बेपत्ता बनाएको थियो । त्यसैले लाङटाङ पदमार्गको निम्न खोलाहरुमा झोलुङ्गे पुल बनाउनको लागि तत्काल पहल गरिदिनुहुन अनुरोध छ । छार्तिङ खोला, पेवाचे खोला, नुमथाङ खोला, लज्या खोला, छबिछु खोला, छुँङा खोला, लाङसिसा खोला, पेरिङ खोला,’ प्रधानमन्त्री समक्ष बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

यस्तो छ ध्यानाकर्षण पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?