कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ ।

०८३ साल वैशाख २ गते बुधबारका लागि बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बैठक बस्नेछ ।

बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।

यता कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले आफूलाई कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?