काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी) अर्यालले दुई पूर्वसभामुखहरुसँग भेटघाट गरेका छन् ।
बिहीबार सभामुख अर्यालले पूर्व सभामुखहरु देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका हुन् ।
उनीहरूबीच संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालनलगायतका विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ ।
यसअघि सभामुखमा एमालेका देवराज घिमिरे रहेका थिए । त्यसअघि माओवादीबाट अग्निप्रसाद सापकोटा सभामुख रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया