ओलीको पत्थरीको शल्यक्रिया गरियो

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको शल्यक्रिया गरिएको थियो ।

ओलीको सचिवालयले उनको पत्थरीको शल्यक्रिया सम्पन्न भएको जानकारी दिएको हो ।

‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको छ,’ ओलीको सचिवालयले भनेको छ ।

गत चैत १४ गते जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका ओली अस्पताल भर्ना भएका थिए । अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिए पनि ओली थप उपचारका लागि अस्पतालमा नै भर्नारत रहेका छन् ।

केही दिनपछि ओलीलाई डिस्चार्ज गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?