विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ : विप्लव

लोकपथ
126
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिको विरोध गर्दै आन्दोलनरत विद्यार्थी संगठनप्रति समर्थन जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विप्लवले विद्यार्थी संगठनहरूलाई आन्दोलनलाई थप सशक्त बनाउँदै अघि बढ्न आग्रह गरेका हुन् ।

उनले विद्यार्थी संगठनलाई सचेतना, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहक भन्दै उनीहरूको भूमिकालाई ऐतिहासिक रूपमा महत्वपूर्ण बताएका छन् । नेपालमा भएका परिवर्तनहरूमा विद्यार्थी आन्दोलनको अग्रणी भूमिका रहेको उनको भनाइ छ ।

सरकारको कदमलाई उनले निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भन्दै आलोचना गरेका छन् । विद्यार्थी संगठनहरूको अस्तित्वमाथि हस्तक्षेप गर्ने प्रयास भए त्यसको कडा प्रतिवाद हुने संकेत पनि उनले गरेका छन् ।

विप्लवले विद्यार्थी संगठनहरूलाई कमजोर पार्ने वा नियन्त्रण गर्ने प्रयास भएमा त्यसको परिणाम गम्भीर हुने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?