काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिहरूका सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति र समय तोकिएको जानकारी गराएका हुन् ।
सभामुख अर्यालले बैठकमा भने, ‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूका सभापतिको निर्वाचनका लागि २०८० साल वैशाख ४ गते शुक्रबार दिउँसो १ बजेको समय तोकिएको व्यहोरा जानकारी गराउँछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया