प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित

लोकपथ
56
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनप्रति धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले धन्यवादको प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संयुक्त बैठकलाई गरेको सम्बोधनप्रति औपचारिक धन्यवाद व्यक्त गर्दै प्रस्ताव पारित गरेको हो ।

यसैगरी बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेरसम्बन्धी पत्रको बेहोरा पनि वाचन गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेपछि त्यसको औपचारिक प्रक्रिया अनुसार धन्यवाद प्रस्ताव पारित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?