बादलको अभिव्यक्तिपछि योगेशको कविता– ‘बादल मडारियो हामी हेरेको हेर्यै भयौँ’

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत कविता शैलीमा आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले बादलको अभिव्यक्तिलाई व्यंग्य गरेका हुन् ।

संसदीय दलका नेता समेत रहेका बादलले प्रतिनिधिसभा तथा कास्कीमा दिएको अभिव्यक्तिपछि पार्टीभित्र विवाद चर्किएको हो । त्यसको प्रतिक्रिया स्वरूप भट्टराईले ‘छोटकरी कविता’ भन्दै लेखेका छन्, ‘बादल मडारियो, मुसलधारे वर्षा भयो, जबज निथ्रुक्कै भिज्यो, मदन तीन छक्क पर्नुभयो, हामी हेरेको हेर्यै भयौँ।’

यसअघि पोखरामा आयोजित पार्टी कार्यक्रममा बोल्दै बादलले उपाध्यक्ष विष्णु पौडेलमाथि पनि प्रहार गरेका थिए । उनले प्रयोग गरेको भाषा र पार्टीभित्र देखिएको मतभेदका कारण एमालेभित्र व्यापक चर्चा र विवाद सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?