काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू नेपाली कांग्रेसभित्र कुनै पनि गुट वा समूहमा नरहेको स्पष्ट पारेका छन् ।
संस्थापन इतर समूहमा रहेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका बेला उनले त्यस्तो दाबी अस्वीकार गर्दै आफू पार्टी एकताकै पक्षमा रहेको बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालमा आफूलाई विभिन्न समूहसँग जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाए । उनले त्यस्ता प्रचारले आफूलाई असर नगर्ने उल्लेख गर्दै आफ्नो एकमात्र लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउनु रहेको बताए ।
उनले कांग्रेसलाई एकताबद्ध गर्दै आगामी निर्वाचनमा पुनः पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको पनि बताए । ‘म कुनै ग्रुपमा छैन, मेरो लक्ष्य पार्टीलाई एक ठाउँमा ल्याउनु हो, ‘उनले भने ।
कार्यक्रममा उनले बीपी कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न अवकाशप्राप्त चिकित्सकहरूको महत्वपूर्ण भूमिका हुन सक्ने धारणा पनि व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया