संसदको अर्को बैठक चैत २२ गते बस्ने

लोकपथ
49
Shares

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक चैत २२ गते आइतबार बस्ने भएको छ ।

आज बसेको बैठक सम्पन्न भएको घोषणा गर्दै प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सो जानकारी गराएका हुन् ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ,’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।

फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचन प्रतिनिधि सभा सदस्यहरुको पहिलो बैठक आज बसेको थियो ।

चैत २२ गतेको बैठकमा सभामुखको चयन हुने सम्बन्धी प्रस्ताव पेस गरिने समेत सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?