जिप दुर्घटनामा दुई सरकारी कर्मचारीको मृत्यु, चार जना घाइते

लोकपथ
133
Shares

खलंगा । दार्चुलामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितर छन् । 

कामको सिलसिलामा उनीहरू काडापारीबाट ओसिलतर्फ गएको जनाइएको छ । 

दुर्घटनामा घाइते भएकाहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?