काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासत मुक्त गरियोस् भन्ने मागको रिटमाथि भोलि मात्र बहस हुने भएको छ ।
ओलीकी पत्नी राधिका शाक्यले दायर गरेको उक्त रिटमाथि आइतबार सुनुवाइ हुन नसकेपछि भोलिका लागि पेसी तोकिएको हो ।
रिटमा जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओलीलाई पक्राउ गरी थुनामा राख्नु गैर कानुनी भएको दाबी गरिएको छ । निवेदक पक्षले उनलाई तत्काल हिरासत मुक्त गर्न आदेश जारी गर्न माग गरेको छ ।
यसअघि आयोगको सिफारिस कार्यान्वयनका क्रममा प्रहरीले ओलीलाई पक्राउ गरी हिरासतमा राखेको थियो । अब सर्वोच्च अदालतमा हुने बहसपछि यस विषयमा थप निर्णय आउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया