गगनको राजीनामा स्वीकृत नगर्न केन्द्रीय सदस्यहरुको दबाब

लोकपथ
91
Shares

नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेका छन् । 

पार्टी केन्द्रीय कार्यसमितिको जारी पार्टी सभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् । 

बैठकमा बोल्ने बहुमत सदस्यहरूले नैतिकताको आधारमा दिएको राजीनामाको उच्च सम्मान गर्दै अस्वीकृत गर्नुपर्ने धारणा राखेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् । 

प्रवक्ता चालिसेकाअनुसार अधिकांश सदस्यहरूले देशको पछिल्लो परिस्थिति र पार्टी पुननिर्माणका लागि थापाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अहिलेको समय परिस्थिति सम्हाल्न तथा पार्टीलाई थप जिम्मेवारीका साथ अघि बढाउने बेला उनको भनाइ छ । 

उनले भने, ‘देशको परिस्थिति र पार्टीलाई नवजीवन दिनुपर्ने, पार्टीलाई पुनः निर्माण गर्नुपर्ने र आधुनिकीकरण गरेर फेरी जनताले अपेक्षा गरेअनुसारकै काँग्रेस पार्टी बनाउने दायित्व यो समितिमा छ । यो समितिले नै १५ महाधिवेशन पनि सम्पन्न गर्नुपर्ने छ । यो सबै परिस्थितिमा उहाँले नैतिकताको आधारमा दिएको राजीनामालाई हामीले उच्च मूल्याङ्कन गर्दै त्यसलाई अस्वीकार गर्ने प्रस्ताव पनि छ । त्यो प्रस्तावमा व्यापक छलफल भइरहेको छ । लगभग जति पनि साथीहरूले अहिलेसम्म बोल्नुभयो उहाँहरूले यो परिस्थिति सम्हालिने बेला हो, पार्टीलाई फेरी जिम्मेवारीमा लिने हो भन्दै  राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा आयो ।’

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामाको विषयमा बैठकमा छलफल भइरहेको छ । जारी बैठकले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट आएको जनमतलाई स्विकार्ने निर्णय गरेको पनि प्रवक्ता चालिसेले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?