चैत १३ मा बालेनले प्रधानमन्त्रीको शपथ लिने

लोकपथ
0
Shares

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले आगामी चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने लिने भएका छन् ।

आज (बिहीबार) साँझ रास्वपा शीर्षनेताहरु बिच भएको छलफल पछि शपथको मिति टुंगो लागेको हो ।

उक्त छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए ।

यसअघि संघीय संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरेको छ। सोही कार्यक्रमपछि अर्को दिन प्रधानमन्त्रीको शपथ गराउने तयारी गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?