काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुक र जनताले परिवर्तन खोजेपछि विश्वको कुनै पनि शक्तिले त्यसलाई रोक्न नसक्ने बताएका छन् ।
पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘हामी कानुन बनाउन आएका हौँ । मुलुकले परिवर्तन चाहेको छ । जब जनताले परिवर्तन चाहन्छन्, दुनियाँको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन । अब सही नेतृत्व र राम्रो कामको आवश्यकता छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया