एमालेभित्र निर्णय प्रक्रियामा पारदर्शिता र खुला संवाद आवश्यक छ : सुरेन्द्र पाण्डे

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र निर्णय प्रक्रियालाई सुधार गरी आमकार्यकर्ता केन्द्रित बनाउन आवश्यक रहेका  बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले  यस्तो बताएका हुन् । 

उनले भनेका छन्, ‘हामीले पार्टीका आधिकारिक फोरम र बैठकमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्‍यौँ र गल्तीहरू औँल्यायौँ। तर ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नुको साटो ‘नोट अफ डिसेन्ट’को एउटा कुनामा मात्र सीमित गरियो। जब बैठक सुन्ने र सुध्रिने थलो होइन, केवल सुनाउने र ‘हुकुम’ दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ ।’

उनले यस माध्यमबाट पार्टी भित्र खुला संवाद र सहभागी निर्णय प्रक्रियाको आवश्यकता औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?