काठमाडौं । निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक सांसदहरुको सूची सार्वजनिक गरेको छ ।
६ वटा राजनीतिक दलहरुले बुझाएको सूचीको आधारमा रुजु गरेर निर्वाचन आयोगले सोमबार समानुपातिकमा निर्वाचित सदस्यहरुको सूची सार्वजनिक गरेको हो ।
संविधान अनुसार २७५ सदस्यीय प्रतिनिधि सभामा ११० जना समानुपातिकबाट निर्वाचित हुने व्यवस्था रहेको छ । सोही अनुसार आयोगले सूची सार्वजनिक गरेको हो ।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राप्रपाबाट ४–४ जना सांसद चुनिएका छन् ।
सूची हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया