काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ ।
रास्वपाले मंगलबार र बुधबार (चैत ३ र ४ गते) काठमाडौंमा नवनिर्वाचन सांसदहरुलाई प्रशिक्षण दिने भएको हो ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरुलाई पार्टीले तोकेको स्थानमा उपस्थित हुन समेत आग्रह गरेका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद)हरूलाई आगामी चैत्र ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण प्रशिक्षण गर्ने योजना रहेकोले सोही अनुसार तयारी अवस्थामा रहन नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सूचित गरेको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ,’ महामन्त्री बुर्लाकोटीले भनेका छन् ।
रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी कुल १८२ सिट जितेको छ । झण्डै दुई तिहाइ बहुमत नजिक रहेको रास्वपाले सरकार गठनको तयारी तीव्र पारेको छ । निर्वाचन आयोगले समानुपातिकको सूची सार्वजनिक गरेपछि केही दिनमा रास्वपाले सरकार बनाउँदैछ । रास्वपाले त्यसअघि नै आफ्ना नवनिर्वाचित सांसदहरुलाई संसदीय कामकारबाहीका विषयमा प्रशिक्षण दिन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया