काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री कार्की भेट्न कांग्रेस सभापति गगनकुमार थापासहितका नेताहरु आइतबार साँझ बालुवाटार पुगेका थिए ।
भेटमा सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पुगेका हुन् । भेटका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको समेत सहभागिता थियो ।
आफ्नो कार्यकाल सम्पन्न गरेर केही दिनमा बिदा हुन लागेकी प्रधानमन्त्री कार्कीसँग नेताहरुले भेट गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया