ओली र परिवारलाई समवेदना दिन गुण्डुमा प्रधानमन्त्री कार्की

लोकपथ
49
Shares

काठमाडौं । शोकमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की ओलीको निवास गुण्डु पुगेकी छन् ।

पिता मोहनप्रसाद ओलीको निधनपछि शोकमा रहेका ओली र उनको परिवारलाई समवेदना दिन प्रधानमन्त्री कार्की ओली निवास पुगेकी हुन् ।

प्रधानमन्त्री कार्कीका श्रीमान दुर्गा सुवेदी समेत ओलीलाई भेट्न पुगेका छन् ।

ओली पिता मोहनप्रसादको शुक्रबार ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।

भक्तपुरको बालकोटमा बस्दै आएका ओली जेनजी आन्दोलनपछि भक्तपुरकै गुण्डुमा बस्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?