कांग्रेसका ३० भन्दा बढी केन्द्रीय सदस्यले दिए गगनलाई सुझाव : भने– ‘राजीनामा दिनु उपयुक्त छैन’

लोकपथ
154
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् ।

सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् ।

आज बिहान बालुवाटारमा सभापति थापासँग सहमहामन्त्री रसाइली ‘स्नेही’, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईँ लगायत नेताहरू भेटेर चुनावको समीक्षा र पछिल्ला घटनाक्रमबारे कुराकानी गरेका हुन् ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने, ‘अहिले कांग्रेसलाई सम्हालेर अघि बढाउने बेला हो, राजीनामा दिन उपयुक्त छैन । त्यसैले हामीले सभापतिलाई राजीनामा नदिन सल्लाह दिएका हौँ ।’

प्रतिनिधि सभाको चुनावमा कांग्रेसले कमजोर नतिजा पाएपछि सभापति थापाले राजीनामा दिने तयारी गरेको खबर आएको थियो । तर उपसभापति विश्वप्रकाश शर्माले हतार नगर्न आग्रह गरेपछि राजीनामा हाल रोकिएको छ । कांग्रेसले चाँडै केन्द्रीय समिति बैठक बोलाएर चुनावको समीक्षा गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?