योगेशको आरोपमा महासचिव पोखरेलको जवाफ : ‘वक्ताका रूपमा जान आग्रह गरेको थिएँ’

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनका बेला आफूलाई जिम्मेवारी नदिएको आरोप लगाएपछि महासचिव शंकर पोखरेलले त्यसबारे प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले उक्त आरोपको खण्डन गर्दै निर्वाचनका क्रममा भट्टराईलाई विभिन्न स्थानमा वक्ताका रूपमा सहभागी हुन आग्रह गरिएको बताएका छन् ।

पोखरेलले  लेखेका छन्, ‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ ।’

उनले आफूले समय मिल्दा दाङ आउनसमेत भट्टराईलाई अनुरोध गरेको तर त्यसबेला भट्टराईले ताप्लेजुङ जानुपर्ने बताएको उल्लेख गरेका छन् । ‘त्यसबेला मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ । तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु, ‘पोखरेलले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?