कांग्रेसले अनुशासन उल्लंघनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लंघनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ ।

अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि-२०८२ को उपदफा (१.१) बमोजिम केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापामगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?