कांग्रेस उम्मेदवारलाई मत मागेको भन्दै एमालेद्वारा गाउँपालिका उपाध्यक्षलाई पार्टीबाट निष्कासन

लोकपथ
420
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै नेकपा एमालेले धनकुटाको साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ । उपाध्यक्ष राईमाथि कांग्रेसका उम्मेदवारलाई भोट मागेको आरोप लगाइएको छ । 

धनकुटा जिल्ला कमिटी बैठकले गाउँपालिका उपाध्यक्ष राईलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको, पटक पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि नमानेपछि कारबाही गरिएको एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले बताए ।

भीम राईको संयोजकत्वमा गठित छानबिन समितिले मुनालाई कारबाही सिफारिस गरेको थियो ।

धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई पुनः निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?