काठमाडौं । अब उपभोक्ताले आधा सिलिण्डर मात्रै ग्यास पाउने भएका छन् । मध्यपूर्वमा देखिएको तनावका कारण नेपाली बजारमा ग्यासको अभाव देखिन थालेको छ ।
मध्यपूर्वको तनावका कारण नेपाली बजारमा ग्यास अभाव हुने भन्दै अनावश्यक भण्डारण समेत हुन थालेको छ । त्यसकारण बजारमा ग्यासको अभाव देखिएको भन्दै नेपाल आयल निगमले आधा मूल्यमा आधा सिलिण्डर मात्रै ग्यास दिन वितरकहरुलाई भनेको हो ।
‘हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले मिति २०८२–११–२९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डर ७.१ केजी एलपी ग्यास गरी प्रति सिलिन्डर आधा मूल्य (९५५) मा बिक्री वितरण गर्ने निर्णय भएको हुँदा आम उपभोक्ता वर्गले सोही अनुसार एलपी ग्यास खरिद गर्न अनुरोध छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया