मध्यपूर्व तनावबिच शंकर पोखरेल भन्छन् : ‘सरकारले भविष्यमा आउने संकट कम गर्न ठोस तयारी गर्नुपर्छ’

लोकपथ
21
Shares

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा चलिरहेको युद्धका कारण त्यहाँ काम गरिरहेका नेपाली श्रमिकहरू त्रासमा रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत  सम्भावित तेल र ग्यास अभाव र बढ्दो मूल्यवृद्धिले समग्र बजार प्रणालीमा असर पार्दै जनजीवन अझ कठिन बन्ने  बताएका छन् । 

उनले  संवेदनशील समयमा नेपाली समाजले धैर्य र संयम कायम राख्नु अत्यन्त आवश्यक रहेको बताएका छन् ।

महासचिव पोखरेलले भने, ‘अब बन्ने सरकारले सम्भावित प्रभावलाई कम गर्न ठोस योजना र तयारी सुरु गर्नुपर्छ । अन्यथा, यो संकट केवल आर्थिक वा मानवीय संकटमा मात्र सीमित रहने छैन, यसले भविष्यमा भूराजनीतिक तनावलाई समेत निम्त्याउन सक्छ। गम्भीर बनौँ, सजग बनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?