काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले नेपालमा स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक पाँच लाख नेपाली गरिबीको रेखामुनी पुगेको बताएकी छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले मंगलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले स्वास्थ्य सेवा र औषधिको उच्च लागतका कारण प्रत्येक वर्ष करिव पाँच लाख नेपाली गरिबीको रेखामुनि धकेलिने अवस्था रहेको बताएकी हुन् । उनले स्वास्थ्य उपचारका क्रममा नागरिकले गर्ने खर्चमध्ये झन्डै ६० प्रतिशत रकम औषधि मै खर्च हुने गरेको उल्लेख गरीन् । नेपालमा औषधि सस्तो रहेको दाबी गरिएपनि व्यवहारमा नागरिकले ठूलो आर्थिक बोझ व्यहोर्नुपरेको उनको दाबी छ । औषधि र स्वास्थ्य सेवा दुबैलाई गुणस्तरीय बनाउनुपर्नेमा उनको जोड थियो । कम गुणस्तरका औषधि वितरण गर्नु र त्यसको प्रभावकारी नियमन नगर्नु गम्भीर अपराध भएको बताउँदै यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने उनले धारणा व्यक्त गरीन् । उनकाअनुसार औषधि ऐनलाई पनि संसोधन गर्नुपर्ने छ । २०३५ सालमा बनेको औषधि ऐन अहिलेको समयानुकुल नभएको उनको भनाई छ ।
उहाँले नेतृत्वमा ईच्छाशक्ति नहुँदा र अनैतिक खेलका कारण कानून संशोधनमा ढिलाई हुने गरेको बताउनु भयो । विक्री–वितरण आचारसंहिता लगायतको नीति लामो समयदेखि थन्किएर बसेको पनि उहाँको भनाई छ । अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले स्वास्थ्य क्षेत्रमा सेवकको भुमिका निर्वाह गर्ने उनको दाबी छ ।
उनले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित केही परिषद् र समितिले काम नगरेको गुनासो आएको बताउँदै काम नगर्ने परिषद् तथा समितिलाई अब बन्ने सरकारले खारेज गर्ने र नयाँ बनाउने जीकीर गरीन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया