काठमाडौं । प्रत्यक्षमा १२५ सिटसहित अग्रस्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा ५० लाख मत कटाएको छ ।
हालसम्म समानुपातिकतर्फको १ करोड ४ लाख ६० हजार ५ सय ८६ मतको गणना भएको छ ।
हालसम्म रास्वपाले ५० लाख २१ हजार ९ सय ६३ मत प्राप्त गरेको छ । यसैगरी नेपाली कांग्रेसले १६ लाख ९७ हजार २ सय ३४ मत प्राप्त गर्दा नेकपा एमालेले १४ लाख १५ हजार ५ सय ६ मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगको तथ्यांक अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ७ लाख ७० हजार ८ सय ४१ मत प्राप्त गरेको छ ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ लाख ५९ हजार १ सय ८३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २५ हजार ९ सय ५० मत प्राप्त गरेको छ ।
यता मधेशवादी दल जनता समाजवादी पार्टी नेपालले हालसम्म १ लाख ६६ हजार ६ सय ३२ मत प्राप्त गरेको आयोगको तथ्यांकले देखाएको छ ।
हाल समानुपातिकको मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया