काठमाडौं । नुवाकोट क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिना निर्वाचित भएका छन् ।
आइतबार राति आएको मत परिणाम अनुसार तिमिल्सिनाले २२ हजार ६ सय ९ मतसहित जित हासिल गरेका हुन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले१८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् ।
त्यसो त यसअघि निर्वाचित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हितबहादुर तामाङले १३ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् । नेकपा एमाले भने सो क्षेत्रमा चौथो भएको छ । एमालेका उम्मेदवार बद्री मैनालीले ८ हजार ९ सय ३२ मत प्राप्त गरेका छन् ।
उज्यालो नेपाल पार्टीका अमित तमाङले २ हजार ६३ मत प्राप्त गरेका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा दुवै क्षेत्रमा रास्वपाले क्लिन स्वीप गरेको छ । यसअघि नै क्षेत्र नं २ बाट रास्वपाकै अच्युतम लामिछाने निर्वाचित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया