काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदुवार दीपककुमार साह विजयी भएका छन् । उनले ४२ हजार ७७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिए ।
नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५८७ मत प्राप्त गरे । त्यस्तै नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का उम्मेदवार जगदिशप्रसाद कुसियैतल आठ हजार ६३१ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महमद महफुज अन्सारीले तीन हजार ४३२ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १७ र स्वतन्त्रका १६ जनासहित ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । हरिनगरा, भोक्राहा, बराहक्षेत्र, कोशी गाउँपालिका, इनरुवा, इनरुवा, बर्जु, दुहबी, गढीगरी ३२ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया