काठमाडौं । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राम्रो सिट ल्याएको छ । हालसम्म रास्वपाले १२१ स्थानमा प्रत्यक्ष सिट जितेको छ भने समानुपातिक मत समेत ३० लाख पुर्याउने बाटोमा पुगेको छ ।
अब केही स्थानको मात्रै मत गणना सम्पन्न हुन बाँकी छ, त्यसमध्ये एक हो अछाम क्षेत्र नं २ । जहाँ नेकपा एमालेका उम्मेदवारले अग्रता कायम गरिरहेका छन् ।
जहाँ एमालेका यज्ञबहादुर बोगटीले ९ हजार ३ सय ३२ मतसहित अग्रता कायम गरिरहेका छन् । त्यस्तै उनलाई नेपाली कांग्रेसका पुष्पबहादुर शाहले पछ्याइरहेका छन् । शाहले हालसम्म ८ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् । यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बलबहादुर कुँवरले ५ हजार ९ सय १५ मत प्राप्त गरेका छन् ।
देशभर रास्वपाको क्रेज बढे पनि सो क्षेत्रमा भने रास्वपा हालसम्म चौँथो देखिएको छ । बालेन रास्वपा प्रवेश गरेसँगै त्यसको प्रभावले दुई तिहाईको बाटोमा रास्वपा पुगेको धेरैको विश्लेषण छ । तर अछाम २ बाट रास्वपाकै विश्वास पात्र एवं बालेन मेयर हुँदा स्वकीय सचिव रहेका भुपदेव शाहको हालत भने खराब देखिएको छ । शाहले यो समाचार तयार पार्दासम्म ४ हजार ५ सय १९ मत प्राप्त गरेका छन् ।
बालेन काठमाडौंको मेयर रहँदासम्म भुपदेवकै रजगज चल्ने गरेको थियो । बालेन रास्वपा प्रवेश गरेसँगै भुपदेव पनि रास्वपामा आएका थिए र उनलाई रास्वपाले सो क्षेत्रमा उम्मेदवार बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया