बर्दिया-२ मा हारे किशोरसिंह राठोर, रास्वपाका पोख्रेल विजयी

लोकपथ
518
Shares

काठमाडौं । बर्दिया क्षेत्र नं २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीधर पोख्रेल विजयी भएका छन् । पोख्रेलले २९ हजार ६ सय ७८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

यता नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठोरले २० हजार ४ सय २ मत प्राप्त गरेका छन् । राठोर यसअघि बाँके क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । तर यो निर्वाचनमा भने उनी बर्दिया–२ बाट टिकट लिए पनि पराजित भएका हुन् ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुरेश पन्थले १९ हजार १ सय ८० मत प्राप्त गरेका छन् । नेकपा एमालेकी विमला विकले १० हजार ७ सय ७२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?