गोरखा–२ मा मिलन चक्रेले अझै कटाएनन् ३ हजार मत, रास्वपाको अग्रता कायमै

लोकपथ
581
Shares

काठमाडौं । गोरखा क्षेत्र नं २ को मतगणना अझै जारी रहेको छ । जहाँ देशभर राम्रो माहोल देखाएको रास्वपाले नै ठूलो मतान्तरसहित अग्रता कायम गरिरहेको छ ।

रास्वपाका महामन्त्री समेत रहेका उम्मेदवार कविन्द्र बुर्लाकोटीले २६ हजार ५४ मत प्राप्त गरेका छन् । यता नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले ११ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् । नेकपाका लेखनाथ न्यौपानेले १० हजार ८ सय १६ मत प्राप्त गर्दा नेकपा मिलन गुरुङ उर्फ मिलन चक्रे भने कमजोर देखिएका छन् ।

मतगणना अन्तिम चरणमा पुग्दा मिलन चक्रेले २ हजार ९ सय १२ मत प्राप्त गरेका छन् । त्यसो त उज्यालो नेपाल पार्टीका बलराम तामाङले ६ सय २५ मत प्राप्त गरेका छन् ।

दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखाको क्षेत्र नं १ मा पनि रास्वपाकै सुदन गुरुङले अग्रता कायम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?