काठमाडौं । प्रत्यक्षमा राम्रो सिटसहित अझै केही स्थानमा अग्रता कायम गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा हालसम्म १९ लाख बढी मत ल्याएको छ ।
रास्वपाले हालसम्म १९ लाख ३८ हजार ५ सय ९२ मत प्राप्त गरेको छ । यता नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा देखिएका छन् । कांग्रेसले यो समाचार तयार पार्दासम्म ६ लाख ५९ हजार ७ सय २४ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ५ लाख ५६ हजार ७ सय ६५ मत प्राप्त गरेको छ ।
यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २ लाख ६३ हजार २ सय ४५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख ४० हजार ५ सय ८५ मत प्राप्त गरेको छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ८४ हजार १ सय ३८ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन नामक पार्टीले ४३ हजार २ सय ६ मत प्राप्त गरेको छ । अहिले मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया