काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनमा पराजय भए पनि पार्टी निराश नहुने बताएका छन् ।
सञ्चारकर्मी सँग कुरा गर्दै उनले अब कांग्रेस गम्भीर समीक्षा र नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने बताएका हुन् ।
उनले भने, ‘एकआपसलाई आरोप लगाइराखेर भन्दा पनि ऐक्यबद्ध र वस्तुगत समीक्षा गरेर आगामी यात्रा तय गर्नुपर्छ । केन्द्रीय समितिमा रहेका, नरहेका, निवर्तमान र अलग नेतृत्व सबैसँग सल्लाह र समीक्षा गर्नेछौँ । नेपाली कांग्रेसले आफ्नो प्रतिकूलतालाई चिन्नेछ, एकताबद्ध भएर सामना गर्नेछ र नयाँ सम्भावना विकास गर्नेछ ।’
उनले कांग्रेस समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ पार्टीभित्र एकतामा बाँधिन आग्रह गरे । आगामी दिनमा पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने र संगठन रूपान्तरण गर्दै नयाँ सम्भावनाको खोजीमा लाग्ने प्रतिबद्धता शर्मा द्वारा व्यक्त गरिएको छ ।
‘अब बन्ने सरकारले गर्ने राम्रा काममा साथ दिनेछौँ, कमजोरीहरूमा खबरदारी गर्नेछौँ र नेपाली कांग्रेस पार्टी नवीन ढंगले अगाडि आउनेछ।,‘ उनले भने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया