प्रतिनिधिसभा सदस्य निर्वाचन : म्याग्दीमा समानुपातिक मतमा रास्वपाको अग्रस्थान

लोकपथ
210
Shares

म्याग्दी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । 

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका थिए  । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धेरै मत पाएको छ । 

रास्वपाले १९ हजार ९८७, नेकपा (एमाले)ले नौ हजार ४५७, नेपाली कांग्रेसले सात हजार ५९४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चार हजार १६२ मत प्राप्त गरेका छन् ।  

श्रम संस्कृति पार्टीले एक हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आठ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले सात सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले एक सय ७७ मत पाएका छन् । 

जिल्लामा समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेको थियो । एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मतगणना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?