अब बन्ने सरकारले भ्रष्टाचारको काण्डहरुको छानबिन गरोस् : अर्जुननरसिंह केसी

लोकपथ
91
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जननरसिंह केसीले अब बन्ने नयाँ सरकारले आफूलाई सम्हालेर मुलुकलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार समेत रहेका पूर्वमन्त्री केसीले अब बन्ने सरकारले उर्लिएको र उरालिएको जनआस्था र आशा व्यवस्थापनको अपेक्षा पूरा गर्ने दायित्व रहेको बताए । साथै उनले भ्रष्टाचारका चर्चित काण्डहरुको छानबिन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

‘उर्लिएको र उरालिएको जनआस्था र आशा व्यवस्थापनको अपेक्षा पूरा गर्नु, आज सम्मका चर्चित भ्रस्टाचार काण्डहरुको उच्चस्तरीय छानबिन समिति गठन, हजार र पाच सयका नोटबन्धी र विदेशमा रहेका अवैध सम्पत्ति छानबिन तथा राष्ट्रियकरण गर्नु आजको प्रथम आवश्यक्ता हो । देशको आर्थिक विकास र समृद्धीका साथै विधिको शासन, दण्ड वीहिनता र मुल रूपमा भ्रष्टाचारमा लिप्त शासन प्रणाली, पद्धति र प्रवृत्तिको निराकरणका पाइलाहरुनै आगामी दिनको अग्नि परिक्षा हुनेछ,’ उनले भनेका छन् ।

त्यस्तै अब बन्न नयाँ सरकारले यसअघिका नेताहरुलाई गाली गरेर मात्रै नहुने बताए । उनले जेनजी भावनाको मूलमर्म अनुरुप काम गर्न आग्रह समेत गरेका छन् ।

‘पहिलाकाहरुलार्इ दोष दिएर उन्मुक्ती हुदैन । सरकारले न्यायोचित कार्यान्वयनको आँट पहिलो कर्तब्य हो । यही नै जेनजी विद्रोह र बर्तमान जनादेशको मुल मर्म पनि हो,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?