सप्तरी ४ मा रास्वपाका सिताराम साह विजयी

लोकपथ
42
Shares

काठमाडौं । सप्तरी क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सिताराम साह निर्वाचित भएका छन् । साहले ३६ हजार ४ सय १२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गरेका छन् । चौधरीलाई २३ हजार ३ सय ९ मतान्तरले पछि पार्दै यादव निर्वाचित भएका हुन् ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार डा. बाबी सिंहले १० हजार २ सय ८० र नेपाली कम्युनिस्ट पार्टीका रुवी कुमारी कर्णले १ हजार ७०९ मत पाए । त्यसैगरी, सिताराम र तेजुलाल बाहेक अन्य उम्मेदवारहरूको जमानत जफत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?