पर्वतमा रास्वपाको फराकिलो मतान्तर : एमालेका पदम गिरी तेस्रो

लोकपथ
672
Shares

काठमाडौं । पर्वत जिल्लामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता देखिएको छ ।

रास्वपाका उम्मेदवार सागर भुसालले ८ हजार ९ सय २२ मत प्राप्त गरेका छन् । यता नेपाली कांग्रेसका अर्जुन जोशीले ५ हजार ४ सय १६ मत प्राप्त गरेका छन् । त्यसो त दुईपटक पर्वतबाट निर्वाचित नेकपा एमालेका उम्मेदवार पदम गिरी ४ हजार ९ सय ७ मतसहित तेस्रो देखिएका छन् ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनहरि शर्माले १ हजार १ सय २५ मत प्राप्त गरेका छन् । यद्यपि मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?