डडेल्धुरामा कांग्रेसको सुरुवाती अग्रता, पछ्याउँदै रास्वपा

लोकपथ
462
Shares

काठमाडौं । डडेल्धुरामा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले सुरुवाती आग्रता कायम गरेको हो ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कांग्रेसका नैनसिंह महरले ३०७ मतसहित अग्रता लिएका हुन् । उनलाई रास्वपाले १०५ मतसहित पछ्याइरहेको छ ।

त्यहाँ नेकपाका उम्मेदवारले ८७ मत पाउँदा एमाले उम्मेदवारले ३७ मत पाएका छन् ।

डडेल्धुरामा महरसँगै नेकपा एमालेबाट चक्र स्नेही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मानसिंह माल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. तारा जोशी चुनावी मैदानमा उत्रिएका छन् ।

त्यहाँ मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?