विजयी भएपछि रन्जु दर्शनाले भनिन्– ‘यो देश परिवर्तनको जीत हो’

लोकपथ
84
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौं क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु दर्शना विजयी भएकी छन् ।

विजयी भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै यो जीत देश परिवर्तनको पक्षमा भएको बताएकी छन् । 

उनले लेखेकी छन्, ‘यो विजय देशको । परिवर्तन पक्षको। काठमाडौं क्षेत्र नं १ मा हामीलाई घण्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाता प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताहरू प्रति हार्दिक नमन।’

हाल उनी आफ्नो परिवारको बाबुको न्वारण कार्यक्रममा सहभागी भएकी छन् । कार्यक्रम सम्पन्न भएपछि बानेश्वरस्थित सहकारी विभागमा उपस्थित भई समर्थक र मतदाताहरूसँग भेट गर्ने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?