काठमाडौं–१ मा रविन्द्रको हारको ‘ह्याट्रिक’, मतान्तर झन बढाए

लोकपथ
357
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं १ मा देशकै पहिलो अन्तिम मतपरिणाम आएको छ । जहाँबाट देशभर लहर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयी सुरुवात गरेको छ ।

रास्वपाकी रञ्जु दर्शना (रञ्जु न्यौपाने) ले जित हासिल गरेकी हुन् । रञ्जुले १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी हुन् ।

रञ्जुको निकटतम प्रतिद्वन्द्वीका रुपमा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६२६४ मत प्राप्त गरेका छन् । थापाले पाएको मत रञ्जुको भन्दा ९ हजार ९१ मतले कम हो ।
काठमाडौं १ मा राप्रपाका रविन्द्र मिश्र ३९७२ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

संसदीय निर्वाचनमा रविन्द्र मिश्रको यो तेस्रो हार हो । त्यसो उनले यसअघिका दुई निर्वाचनमा कम मतान्तरसहित हार व्यहोरे पनि यो पटक भने ठूलो मतान्तर रहेको छ ।

२०७४ र २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह मिश्र पराजित भएका थिए । २०७९ मा कांग्रेस नेता प्रकाशमान सिंहसँग उनी झिनो मतान्तरले पराजित भएका थिए । उनी सिंहसँग १२५ मतको अन्तरले मात्र हारेका थिए ।

त्यस्तै २०७४ सालमा भने मिश्र विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनी सिंहसँगै ८ सय १८ मतले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?