सबैको सहयोगले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ : निर्वाचन आयोग

लोकपथ
49
Shares

काठमाडौं । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सबैको सहयोग महत्त्वपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगले तोकिएकै मिति (फागुन २१ गते) शान्तिपूर्ण रूपमा निर्वाचन गराउन सफल भएको भन्दै यसमा सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिएको हो । 

निर्वाचनको मिति घोषणा हुँदा देशको शान्ति सुरक्षा र अन्य विविध कारणले तोकिएको समयमा निर्वाचन हुनेमा कतिपयले आशङ्का व्यक्त गरे पनि नेपाली समाजको सौहार्द्रताले त्यसलाई चिरेको आयोगको भनाइ छ । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले संविधानतः आवधिक निर्वाचन गराउने आफ्नो प्रमुख कर्तव्य भएको र सोही कार्य योजना अनुसार निरन्तर काम गरिरहेको बताए । यद्यपि यो सफलता आयोगको एक्लो प्रयासले मात्र सम्भव नभएको प्रवक्ता भट्टराईले प्रस्ट पारे । 

उनले नेपालका राजनीतिक दलहरू, उम्मेदवारहरू, आम मतदाता, सञ्चार क्षेत्र, नागरिक समाज र नेपाल सरकारले समयमै निर्वाचन गर्न पुर्‍याएको सहयोगका कारण आजको दिनसम्म आइपुग्न सफल भएको बताए  । 

उनले भने, ‘निर्वाचनको मिति घोषणा हुने दिनमा देशमा शान्ति सुरक्षाको अवस्थादेखि लिएर विभिन्न विषयहरूले समयमा निर्वाचन हुन्छ र भन्ने तर्कलाई बल पुर्‍याउने खालको अवस्था थियो । तर नेपाली समाज यति सहनशील र सौहार्द्र छ, यसले हरेक प्रगति र समृद्धिका बाटाहरूलाई सदैव उजागर गर्छ ।’

मतदानको दिन उत्साहजनक रूपमा अगाडि बढिरहेको भए पनि निर्वाचनको सम्पूर्ण प्रक्रिया अझै नसकिएकोतर्फ आयोगले ध्यानाकर्षण गराएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?